केहिबेरमा बालुवाटारमा बैठक, यस्ता छन् एजेण्डा

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०७४
baluwater

पोखरा, ७ पुस। प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा सर्वदलिय बैठक बस्दैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

राष्ट्रिय दलको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिँदै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय बैठकका मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले बताएको छ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रिय दलको मान्यता पाएका दलका शिर्षनेता सहभागी हुने बताइएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives