को बन्ला मिस तामाङ्ग ?

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
miss tamang

पोखरा, २ माघ। सोनाम ल्होसारको अवसरमा पोखरामा हुने मिस तामाङ्ग पोखराको तयारी तिव्र पारिएको छ ।

बैदाम तामाङ्ग समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ्ग गर्दै आएको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतियोगितामा पोखरा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन ।

सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनिता लामा लेकसाइड, इशिका तामाङ्ग लेकसाइड, सुस्मिता तामाङ्ग फुलबारी, लक्ष्मी तामाङ्ग याम्दी, शसी तामाङ्ग रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ्ग, सोनी तामाङ्ग लालिगुरास टोल छन्।

त्यस्तै, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ्ग बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ्ग मालेपाटन रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग, सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् ।

कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्नु रहेको आयोजक बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङको भनाई छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives