खबरदार ¤ बाम गठबन्धन सरकार, काँग्रेसले बनाउछ छाँया सरकार

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
congress

काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसले छायाँ सरकार बनाउने भएको छ ।

सरकारले गर्ने कामको निगरानी र खवरदारीका लागि काँग्रेसले छायाँ सरकार बनाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी समेत शुरु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले छाँया सरकारको अवधारणा अघि सारेको हो ।

बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको नेताहरुले बताएका छन् ।

छायाँ सरकार गठनको अवधारणा आएको छ एक नेताले भने – ‘हाम्रो छायाँ सरकारले बाम गठबन्धनलाई मनोमानी गर्न दिने छैन।’ छायाँ सरकार अन्तर्गत केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छाँया मन्त्री बनाएर काम गरिने बताइएको छ ।

पार्टीको तर्फबाट छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आआफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको निगरानी गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives