गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण

राष्ट्र न्यूज सम्वाददाता
असार १७, २०७६
pkr 14

पोखरा, १७ असार । शहरी स्वास्थ्य केन्द्र पोखरा–१४ ले गर्भवती महिलाका लागि पोषणसम्वन्धी अभिमुखिकरण गरेको छ ।

गर्भवती महिलाका लागि आवश्यक पोषण र अपनाउनु पर्ने सावधानिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकी कविता पौडेल र जिल्ला स्वास्थ्य कार्यालय कास्कीकी सम्झना ढुङ्गानाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा पोखरा–१४ का ६५ जना गर्भवती महिलाको सहभागिता रहेको स्वास्थ्य केन्द्रकी कर्मचारी रक्षा पोखरेलले जानकारी दिइन् । त्यस अवसरमा गर्भवती महिलाहरुलाई अण्डा र क्याल्सियम वितरण गरिएको थियो ।

स्वास्थ्य केन्द्रका अध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष बोधराज कार्की, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, पोखरा–१४ वडा कार्यालयका सचिव अर्जुन ढुङ्गाना लगायतले अण्डा र क्याल्सियम वितरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष समेत रहेका केन्द्र प्रमुख प्रेमबहादुर कार्कीले वडाको आवश्यकतालाई प्राथमिकता दिने बताए ।

उपाध्यक्ष बोधराज कार्कीले स्वास्थ्यमा सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले सामाजिक सुरक्षा कार्यक्रमलाई विस्तार गर्दै लैजानु पर्ने औल्याए ।

कार्यक्रम स्वास्थ्य केन्द्रकी प्रमुख सरिता थापाले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives