गिरिजा सवै नेपालीका अभिभावक ः अध्यक्ष दाहाल

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ७, २०७४
girija-prasad-koirala

काठमाडौंँ ७ चैत । जननायक गिरिजाप्रसाद कोइरालाको आठौं पुण्यतिथिमा बुधबार देशभर नै विविध कार्यक्रम गरिएको छ ।

बेग्लैबेग्लै कार्यक्रमहरुमा उनले आफ्नो जीवनकालमा लोकतान्त्रिक व्यवस्थाका लागि निर्वाह गरेको भुमिकाको चर्चा र प्रशंसा गरिएको थियो ।

यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएकाले सम्मान गर्नुपर्ने बताए ।

गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक हुनुहुन्थ्यांै उनले भने – ‘त्यसले उहाँलाई सवैले सम्मान गर्नुपर्छ ।’

गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको नामसँग जोडिएका प्रत्येक कार्यक्रममा बोलाउन आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रूपमा निषेध भएपनि शान्ति प्रक्रियापछि सम्बन्ध राम्रो भएको उल्लेख गरे ।

पटक पटक गिरिजाप्रसाद कोइरालाको नाम लिदै प्रशंसा गरेका दाहालले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्ने आवश्यकता औल्याए ।

काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरेको बताउँदै मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नपनि सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives