घुस सहित शिक्षाका २ कर्मचारी पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २३, २०७४
DEO_Kaski_Office

पोखरा, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

बिद्यालय भवन निर्माण गर्दा गलत बिल फस्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए ।

पक्राउ पर्नेमा ईञ्जिनियर प्रदीपकुमार बानियाँ र सब ईञ्जिनियर छबिन्द्रबिक्रम खाँड छन् । उनीहरु अख्तियारको नियन्त्रणमा छन् ।
आबश्यक छानवीन सुरु भैसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

हामीले उजुरीको आधारमा प्राविधिकद्वयलाई घुस रकम सहित पक्राउ गरेका हौं, कार्यालयका प्रवत्ता रमेश ढकालले भने, ‘उनीहरूको साथबाट एकलाख रुपैयाँ नगद फेला परेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives