चालकलाई पाँच मिनेट प्रशिक्षण

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७५
31689280_1975469282527767_7443174892289130496_n

पोखरा, १९ वैशाख। ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत पोखरा लेखनाथ–१ जांैवारीमा चालकलाई पाँच मिनेट प्रशिक्षण दिइएको छ।

सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सहित एक हप्तासम्म ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भसँगै जौंवारीमा चालकलाई प्रशिक्षण दिएको ट्राफिक पोष्ट वगरका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले जानकारी दिए।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पदाधिकारी तथा सदस्य, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीको सहभागितामा प्रशिक्षण दिइएको हो।

सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि फिल्डमा नै प्रशिक्षण दिएको कार्कीले जानकारी दिए। ‘लापरवाहिकै कारण दुर्घटना वढ्दै गएको छ। दुर्घटना न्यूनिकरण गर्नका लागि यो अभियान सञ्चालन भएको हो’–कार्कीले भने–‘प्रहरी एक्लैले मात्रै असम्भव भएकोले नागरिकसँगै सहकार्य गरेर यो अभियानमा लागेका छौं।’

कार्कीले चालकलाई प्रशिक्षण दिदै ट्राफिक नियम पालन गरी सजग भएर सवारी चलाउन चालकलाई आग्रह गरे।
सामुुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारीले ट्राफिक नियम पूर्ण रुपमा पालना गरे दुर्घटना कम हुने बताइन् ।

जिल्ला ट्राफिक कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा वैशाख १७ देखि २३ गतेसम्म ट्राफिक सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम शुरु भएको हो।

ट्राफिक सप्ताहमा प्रभातफेरी देखि चालक परामर्श, पर्चा पम्प्लेट वितरण, आमा समूह तथा कक्षा ९ र १० का विद्यार्थीलाई ट्राफिक सचेतना, जेब्राक्रसमा स्वयम्सेवक परिचालन, रेडियो संवाद, प्याराग्लाइडिड्ड चालक तथा ड्राइभिड्ड इन्स्टिच्युटहरुलाई सचेतना कक्षा लगायतका कार्यक्रम संचालन भैरहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives