चितुवाको छाला र भरुवा बन्दुक सहित दुई पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
४

पोखरा, ६ चैत । प्रहरीले कास्कीमा चितुवा छाला र भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कास्कीको माछापुच्छे गाउँपालिका वडा नं २ च्याङलुङ बस्ने ४० वर्षिय गम बहादुर गुरुङ र ३१ वर्षिय चन्द्रबहादुर पौडेललाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले गुरुङको घरबाट चितुवाको छाला एक थान, भरुवा बन्दुक एक थान, बन्दुकमा लाग्ने छर्रा र खालिखोका २७ थान बरामद गरेको थियो ।

प्रहरीले गुरुङसँग सोधपुछ गर्दा चन्द्रबहादुर पौडेलले चितुवाको छाला राख्न दिएको बताएपनि पौडेल पक्राउ परेका हुन् ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives