चिन बहादुर प्यारी प्रतिष्ठानद्वारा वीरेठाँटीका विद्यार्थीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असार १९, २०७५
36532353_1852614014796446_2550493829681643520_n

पोखरा, १९ असार । चिन बहादुर प्यारी प्रतिष्ठानले वीरेठाँटी माविबाट एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा विद्यालयका उत्कृष्ठ विद्यार्थी सबिन थापा मगर लाई नगद तीन हजार रुपैया सहित विशेष सम्मान गरिएको थियो । यसपटक विद्यालयबाट ३४ जनाले एसईई उतिर्ण गरेका थिए ।

कार्यक्रमका विद्यालय सल्लाहाकार समिति संयोजक एवं लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले विद्यालयमा ११ कक्षा संचालनका लागि सवै खाले सहयोग गर्ने उल्लेख गरे । उनले मध्य मोदी जलविद्युत आयोजनाबाट विद्यालयका लागि २० लाख जुटाईदिने प्रतिवद्वता व्यक्त गरे ।

अन्नपूर्ण गाउँपालिकाका सदस्य खगेन्द्र गौचन र वडा नं ८ सदस्य टेकबहादुर गुरुङले वीरेठाँटी माविमा ११ कक्षा संचालनका लागि पाँच लाख रुपैया छुट्याइएको जानकारी दिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण गौचन, संरक्षण समितिका अध्यक्ष टेकबहादुर गुरुङ, वीरेठाँटी आमा समूहकी अध्यक्ष बिष्णुमाया गुरूङ, वीरेठाँटी क्यानोनिङका संचालक सुरेश गुरुङ, पोखरा क्यानोनिङका राम गुरुङ र समाजसेवी प्रेमबहादुर थापाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै विद्यालयलाई सहयोग रहने बताए ।

चिन बहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष पुर्ण म्हिगि कोनेले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क स्वरुप जनही एक हजार पाँच सय छात्रवृत्ति स्वरुप प्रदान गर्ने घोषणा गरे ।

चिन बहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष पुर्ण म्हिगि कोनेको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक चन्द्रराज आचार्यले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives