चुनावी समीक्षा गर्न छिट्टै बैठक : प्रधानमन्त्री

राष्ट्र न्यूज सम्वाददाता
पौष १४, २०७४
Sherbahadur-Deuba_1
पुस १४, २०७४ – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी समीक्षा गर्न छिट्टै केन्द्रीय समिति बैठक बोलाउने बताउनुभएको छ ।

प्रदेशसभातर्फ समानुपातिक सदस्यको नाम टुङगो लगाउन आज बसेको केन्द्रीय कार्यसम्पादन समित बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे छिटै बैठक बोलाएर गम्भीर छलफल गर्ने आश्वासन दिनुभएको थियो ।

बैठकमा नेताहरुले निर्वाचनमा पार्टीले भोगेको लजास्पद पराजयको बिषय उठाउंदै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । बैठक पछि नेता बालकृष्ण खाँणले भन्नुभयो बैठकमा चुनावी समीक्षा बारे सामान्य छलफल भयो, थप छलफलका लागि सभापतिले छिटै केन्द्रीय समितिको बैठक बोलाउंछु भन्नुभएको छ ।

खाँणले कांग्रेसमा सभापतिले राजीनामा दिने प्रचलन नरहेकाले सो विषयले बैठकमा कुनै अर्थ नलाग्ने टिप्पणी गर्नुभयो ।

बैठकले राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भईसकेकाले चाँडो राष्ट्रिय सभा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको नेता खाँणले बताउनुभयो ।

स्रोत ः इकान्तिपूर

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives