चेलिबेटी बेचविखन बिरुद्ध एनआरएनए जापानद्धारा माइती नेपालसँग सहकार्य

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २७, २०७५

पोखरा, २७ कात्तिक । गैरआवासीय नेपाली संघ जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा र चेलिबेटी बेचबिखन बिरुद्ध माइती नेपालसँग सहकार्य गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा बिरूद्ध नयाँ अभियान शुरू गरेसँगै त्यस्ता हिंसाको जोखिम न्युनिकरणका लागि काम गर्ने भएको हो ।

उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानव अधिकारका आधारभुत अधिकारहरूबाट महिलाहरू बञ्चित रहदै आएका कारण पनि दिनानुदिन महिला हिंसा,चेलिबेटी बेचबिखन, जवर्जस्ती करणी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको र पिडित पक्षले न्याय पाउन नसकेको अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लड्नको लागि अभियान शुरू गरिएको एनआरएनए जापानले जनाएको छ ।

सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानुनी कार्यमा दरिलो साथ पाउने बताईन् ।

आधुनिक विज्ञानको विकाससँगै नयाँ पुस्तामा आएको सचेतनाका कारण नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौन हिंसा, जवर्जस्ती करणी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानुनी उपचारसँंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगायतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको छ ।

एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथीका हिंसा, जवर्जस्ती करणी, हत्या जस्ता कुकार्यको बिरूद्ध कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिनु पर्ने बताए ।

उनले सामाजिक संजालमा रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत विश्वको सब नेपालीले यस अभियानलाई सहयोग गर्न सकिने बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives