जनकल्याण समितिको १५ औं विविध सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असाेज २९, २०७५
43952637_2265099020198872_7176603426325790720_n

पोखरा, २९ असोज। अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा – १३ स्थित जनकल्याण समितिले १५ औं विविध सम्मान कार्यक्रम गरेको छ ।

त्यसअवसरमा ज्येष्ठ नागरिक र विभिन्न शैक्षिक तह उतिर्ण विद्यार्थीलाई सम्मान गर्नुको साथै शैक्षिक पुरस्कारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु कृष्णप्रसाद बराल, सरस्वती बस्नेत , मिनाकुमारी भण्डारी र कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।

विभिन्न शैक्षिक तह उतिर्ण गरेका अनुयम संगम, ममता दाहाल ,सन्देश बराल, ज्योती बराल, बिनिता तिमिल्सिना, स्मृति बराल र सपना सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरु तीर्थ वस्नेत , विष्णु कार्की शिव के.सी, उमेश शाही , मिन बहादुर कार्की , सुर्य बहादुर कार्की तथा परिवारलाई सम्मान गरिएको थियो ।

त्यस्तै, समितिका सदस्य रामबहादुर कार्की र लक्ष्मी कार्कीद्वारा स्थापित राम लक्ष्मी शैक्षिक पुरस्कारबाट सदस्यका छोराछोरी÷नातिनातिना मध्ये उत्कृष्ठ अंक ल्याउँने बिनिता तिमिल्सिनालाई पुरस्कृत गरिएको थियो ।

समाजका सदस्य रमेश कुमार झा र ममतादेवी झाद्वारा स्थापित बिन्देश्वर मिथिलादेवी झा उच्च शिक्षा शैक्षिक पुरस्कारबाट अनुयम संगमलाई पुरस्कृत गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामा, शितलादेवी माविका अध्यक्ष टिका बहादुर कार्की, ओम शान्ति पोखरा भद्रकालिकी संचालिका अप्सरा दिदी, अक्षयकोषदाता रामबहादुर कार्की, लक्ष्मी कार्की, सल्लाहाकार युवराज त्रिपाठी र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले सम्मान गरेका थिए ।

त्यसअवसरमा समितिका आजिवन सदस्यद्वय तीर्थ÷उर्मिला बस्नेत तथा माता सरस्वती बस्नेतले रेशम बहादुर बस्नेत स्मृति जनकल्याण अक्षयकोषका लागि दुई लाख रुपैया प्रदान गरेका थिए ।

जनकल्याण समितिका अध्यक्ष देवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं प्रथम उपाक्ष्यक्ष विष्णु कार्कीले स्वागत, सल्लाहाकार युवराज त्रिपाठीले धन्यवाद र महासचिव कुमार केसीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives