जनताको दुःख यस्तो छ, के भाषणले मात्रै देश बन्ला ?

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ५, २०७४
images

पोखरा, ५ चैत । देश विकास भएर जनताका आधारभुत आवश्यकता पुरा हुन सके राम्रै हुन्थ्यो । तर जनताका स–साना आवश्यकता पुरा गर्न संघर्ष गरिरहेका छन् । देश विकास गर्छाै र जनतालाई समृद्वि दिन्छौं भन्ने नारा र भाषण चर्काउनेको कमी छैन । जनताआजित भैरहेका छन् तर समस्या समाधानको टुङ्गो छैन ।

प्रशंग खानेपानी सम्वन्धी समस्याको हो । देशका धेरै स्थानहरुमा खानेपानी  हाहाँकार छ । एक गाग्री पानिको लागि कतै घण्टौं त कतै रातभर जाग्राम बस्नु पर्ने अवस्थामा पिरोलिएका छन् नागरिक ।

बैतडीको विभिन्न ठाउँमा खानेपानीका मुहान तथा प्राकृतिक कुवा सुक्दै जान थालेपछि खानेपानीको हाहाकार भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा रातभर जाग्राम बसेर र घण्टौँ हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन् ।

दोगडाकेदार–३ श्रीकोटको खिरेगाउँमा रहेका विभिन्न स्थानका कुवा सुक्दै जान थालेपछि पानीको हाहाकार भएको स्थानीय सुरेन्द्र भाटको भनाइ छ। उनले खानेपानीकै लागि भनेर रातभर जाग्राम बस्नु परेको बताए । खानेपानीसमेत पाउन छोडेको छ, अरू गाईवस्तु तथा सरसफाइका लागि त झनै समस्या भएको उनकोे भनाइ छ ।

साबिकको श्रीकोट गाविस–२ विष्ट टोलमा पनि पानीको समस्या छ । त्यहाँका बासिन्दा पानीको जोहो गर्न भौतारिनु पर्ने अवस्था छ ।

सुख्खायाम शुरु भएसँगै आफूहरूले तीन घण्टा टाढा पुगेर खानेपानी बोकेर ल्याउनुपरेकाले गाईवस्तुलाई समेत पानी खुवाउन नपाएको स्थानीयवासीले बताए ।

उता वाग्लुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या झेल्न बाध्य छन् ।

फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताइन् ।

कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुङ्खानीवासीको अवस्था भने ठीक उल्टो छ । खुङ्खानी मात्र नभएर गाउँपालिकाका अन्य वडामा पनि खानेपानीको समस्या रहेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान पनि खानेपानीको समस्यामा छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives