जब चिया उम्लियो…हेर्दा हेर्दै..

राष्ट्र न्यूज सम्वाददाता
पौष १९, २०७४
rivan fire

श्रीभद्र पौडेल
हेमजा, १८ पुस । माछापुच्छे गाउँपालिका–६, रिभान, आनन्दठाँटीकी धनलक्ष्मी गुरुङ सोमबार बिहान साढे ६ बजेतिर उठिन् । जाडोको मौसम घरबाट केही पर विद्यालयमा पढाउन जानुपर्ने भएपछि उनले बिहानीको नियमित काम जस्तै, ग्यास चुलोमा पानी उमालिन्, दाल पकाइन् र चिया पनि बसालिन् । त्यस बेलासम्म ७ बजेर २० मिनेट गइसकेको थियो । १–२ मिनेटमै चिया पनि उम्लिन लाग्यो । त्यसपछि उनी चिया खाने कप खोजीमा घरको मूल कोठातर्फ लागिन् । चिसो मौसममा चिया पिउने आशमा कप लिएर फर्किइन् । तर त्यतिबेला उनले चिया पिउन त के कुरा, कपमा खन्याउन समेत पाइनन्।

कप लिन पुगेकी उनी फर्किदा चिया पाक्न लागेको पूर्ववत् अवस्थाको कोठामा ग्यास रहेको टेबलमाथि आगलागी शुरु भएको थियो। उनी छाँगाबाट खसेजस्तो भइन् । आगोको फैलिँदै गएर कोठाभरी हुन थाल्यो । ‘रेगुलेटर’ बन्द गर्न उनले मेसो पाइनन् । अत्तालिँदै ‘आगलागी लाग्यो’ भन्दै उनले छिमेकीसँग गुहार मागिन् । छिमेकबाट ५–१० मिनेटमै उनको घरमा करिब १० जना मानिस जम्मा भए । उनीहरु एक्कासी आगो लागेको देखेपछि निभाउनतर्फ कस्सिए ।

आ–आफ्नो घरबाट गाग्री, ताउला, लोहोटा, जर्किन लगायत पानी ल्याउन मिल्ने सामग्री लिएर कतिपय घर नजिकैको धारा त कतिपय छिमेकी पानी लिनैका लागि करिब डेढ सय मिटर परको मर्दीखोलासम्म पुगे ।
स्थानीय खिमलाल सुनार, रामबहादुर सुनार, मोहन ढुंगाना, ईश्वर गुरुङ, राजु ढुंगाना, गंगे जिसी, तुले जिसी, माया सुनार, आइतश्री परियार लगायतको टोली आगो निभाउन शुरु अवस्थादेखि खटियो । आगलागी शुरु भएको करिब १ घण्टामा प्रहरी पनि आयो । प्रहरी टोली र स्थानीयको सहयोगमा करिब डेढ घण्टाको अन्तरालमा आगो निभ्यो । तर आगो निभिसक्दा केही काठपात बाहेक लगभग पूर्ण रुपमा घर जलिसकेको थियो ।

आगलागीले धनलक्ष्मी गुरुङ परिवारको करिब ३० लाख रुपैयाँ बराबरको भौतिक सामग्री नष्ट ग¥यो । छिमेकी इन्द्रकुमारी गुरुङको समेत गरी करिब ३० मुरी धान, ७ मुरी कोदो, चाँदीका दुई थान करुवा र बटुका, तामाका ६ ताउला, गाग्री, लत्ताकपडा लगायत घरभित्र रहेका सम्पूर्ण सामग्री एकैछिनमै जलेर खरानी भए । ढुंगामाटाले बनेको दुईतले कच्ची घर पूर्ण रुपमा नष्ट हुन पुग्यो । गुरुङ यतिबेला निकै भावविह्वल छिन् ।

स्थानीय हुम्दीस्थित निष्पक्ष माविकी शिक्षक समेत रहेकी उनी आमा पार्वतीको अनुपस्थितिमा उक्त घर बस्दैआएकी थिइन् । उनीसँगै सो घरमा उनका भाइ बुद्घ गुरुङ बस्थे । ग्यास लिक भएर आगोलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

पीडित गुरुङले छिमेकीको सहयोगले थप क्षति भने हुन नपाएको बताउँछिन् । छिमेकी बेलैमा नआएको भए नजिकैका अन्य घरमा समेत आगलागी हुन्थ्यो । तर सम्भावित थप क्षति ट¥यो । उनले धिताल, रिभान, भिंडावारी लगायतबाट समेत मानिस आइ सहयोग गरेको बताइन् ।गुरुङका छिमेकी खिमलाल सुनारले हरेक कुरामा पूर्णहोशियारी अपनाउन जरुरी भएको औल्याए ।

यता, वडा ५ की सामाजिक परिचालक सीता पौडेलले गुरुङको परिवारलाई गाँस, बास र कपासमा प्रत्यक्ष असर परेको जनाउँदै उनलाई सहयोग गर्न सबै पक्षसँग आग्रह गरेकी छन् । गुरुङको परिवार यतिबेला छिमेकी इन्द्रकुमारी गुरुङको घरमा बस्दैआएको पोखराबाट प्रकाशित आदर्श समाज दैनिकको समाचारमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives