जलाउन लागेको शव प्रहरीले बरामद ग¥यो

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
burning

रौतहट, ६ चैत । प्रहरीले चितामा जलाउनै लागिएको अवस्थामा एक महिलाको शव बरामद गर्नुको साथै शव जलाउन गएकालाई पनि पक्राउ गरेको छ ।

श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शव र शव जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।

झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुुईभाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए । सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाको प्रहरी टोलि पुगेको थियो ।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives