जिएट समूहद्धारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ २०, २०७७
j8

पोखरा, २० जेठ । जिएट समूहले एम्बुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि समूहले सहयोग गरेको हो।

ज्वरो नाप्ने थर्मल गन, पिपिई, केएन नाइन फाइप माक्स, पञ्जा सहयोग गरेको जिएट समूहका संयोजक राजु कायस्थले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा सामग्री समाज कल्याण समिति रामबजार, भिन्तुना युवा क्लब नदिपुर, मानव मिलन संस्था, मियाँपाटन समाज, नभप्रभात स्कूल नयाँबजार, युनाइटेड क्लब नदिपुर, सिद्धार्थ क्लब, डेभिजफल युवा क्लबलाई हस्तान्तण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंंंं. ३ का वडा सदस्य रविन कायस्थले महामारीको बेलामा अत्यावश्यक सामग्री सहयोग गरेर उदाहरणिय कार्य गरेको बताए ।

सिद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजुले ति सामग्रीले एम्बुलेन्स चालकलाई सुरक्षित भएर सेवा प्रवाह गर्न सहयोग पुग्ने बताइन् ।

विगत ३० वर्षदेखि आफ्ना बाल्यकालका साथीहरुको समूहले विपद्को बेला सहयोग गर्दै आएको छ ।

समूहमा राजु कायस्थ, श्यामकाजी श्रेष्ठ, सुनिल ताम्राकार, कविन्द्र श्रेष्ठ, विवेक शाक्य, अनिल शाक्य, उत्तम श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, निशेष उपाध्याय, भीम गुरुङ(युके), केशर गुरुङ (हङ्कङ), सुरज श्रेष्ठ(युके), डा.विदुर केसी रहेका छन् । यो अभियानलाई शिक्षा गुरुङ(हङ्कङ), तेज गुरुङ मुन्ना(युके), दिपन श्रेष्ठ(अष्ट्रेलीया)ले पनि सहयोग गरेका थिए ।

जीएट समूहका संयोजक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य श्यामकाजी श्रेष्ठले स्वागत र सिद्धार्थ क्लबका पूर्व अध्यक्ष सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives