ठूलो चार तारे झण्डा साईकलमा राखेर हिड्ने भट्टराईको निधन

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २, २०७७
harilaa

पोखरा, ३० कात्तिक । पोखरा १३ लामोडहर निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य दुर्गादत्त भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ ।

उनी तत्कालित पोखरा नगरपालिका वडा नं १३ को पूर्व वडा सदस्य हुन्। भट्टराई लामो समयदेखि प्रेसरबाट प्रभावित थिए ।

पोखरामा नेपाली काँग्रेसको ठूलो आकारको चार तारे झण्डा साईकलमा राखेर हिड्ने उनलाई धेरै पोखरेलीले हरिलालको नामबाट चिन्दछन् । उनी त्यागि र इमान्दार थिए ।

उनका तिन छोरा र एक छोरी छन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, क्षेत्र नं १ का सभापति बिर्जमान गुरुङ र कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देल,नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङलगायत निवासमा पुगेर उनीप्रति अन्तिम श्रद्वाञ्जली अर्पण गर्नुको साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनको पार्थिव शरीर पोखराको रामघाटमा अत्येष्टि गरिएको छ ।

यसैबीच कास्की काँग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives