डिज्नीको अभिभावक दिवस र वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १९, २०७४
disny

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित डिज्नी मण्टेश्वरी तथा प्रिस्कुलको सोमबार अभिभावक दिवस र वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा यु.के.जीको दीक्षान्त समारोह गरिनुको साथै विभिन्न विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यसअवसरमा उत्कृष्ट शिक्षकका रुपमा कञ्चन गुरुङ, यमकला गुरुङ, वेदना गुरुङ, शेसुब्बा गुरुङ, शुष्मा थापा, पविना गुरुङ, ममता कार्की, शलोमी कार्की कोपिला तामाङ, पूर्णकुमारी गुरुङ र उत्कृष्ट कर्मचारी गुमानसिंह गुरुङ, कोपिला अधिकारी, सुरवी गुरुङ, बोधकाशी गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले नमुना वडा बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।

मण्टेश्वरी एशोसियशन कास्कीकी अध्यक्ष अरुणा शेरचनले मण्टेश्वरी शिक्षाले स्वतन्त्रपूर्वक खेल्न र आत्मनिर्भर बन्नका लागि बालबालिकालाई सघाउने उल्लेख गरिन् ।

डिज्नी मण्टेश्वरी तथा प्रिस्कुलकी प्रिन्सिपल कञ्चन गुरुङले नमुना मण्टेश्वरीका रुपमा विकास गर्ने लक्ष्य रहेको बताइन् ।

त्यसअवसरमा तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ, अभिभावकको तर्फबाट बालकाशी गुरुङ, नवीन सिग्देल लगायतले बोेलेका थिए ।

कार्यक्रममा याङजाकोट तमु समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङ, अभिभावक नवीन सिग्देल, कोपिला मण्टेश्वरीकी संस्थापक प्रिन्सिपल मिरा श्रेष्ठ, माउण्ट अबोरा मण्टेश्वरी एकेडेमीकी प्रवन्ध निर्देशक कञ्चन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

डिज्नी मण्टेश्वरी तथा प्रिस्कुलका संस्थापक श्याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक पूर्णकुमारी गुरुङले स्वागत र इञ्चार्ज यमकला गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives