ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोेजेपछि ……………………

राष्ट्र न्यूज सम्वाददाता
फागुन २३, २०७४
Nepal-Police-15072017041257

पोखरा, २३ फागुन । ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटा घर भएका २६ वर्षिय अनिल थापालाई पक्राउ गरेको छ।

थापाले मङ्गलबार राति पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ पृथ्वीचोकमा सुरक्षा चेकजाँचमा रहेका प्रहरीलाई एक हजार रुपैया घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मादक पदार्थ सेवन गरी बा.७९.प १०५८ नम्बरको हर्नेट मोटरसाईकल सवार थापाले मिलाई दिनु प¥योभन्दै चेकिंङमा रहेका प्रहरीलाई घुस दिन खोजेको प्रहरीको भनाइ छ ।

उता घुस दिएकै आरोपमा प्रहरीले चालक र सहचालकलाई पक्राउ गरेको छ।

प्रहरीले ग.१.ख ३०२४ नम्बर को मिनी ट्रकका चालक सोलुखुम्बु वाकु गाउँपालिका वडा नं ८ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं १० अस्पतालचोक बस्ने ५० वर्षिय भक्तबहादुर मगर र सहचालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ५ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ चाउथे बस्ने २३ वर्षिय मनकुमार जोशीलाई पक्राउ गरेको हो।

कोत्रेबाट ढुंगा लिई बेगनास तर्फ आउँदै गरेको सो मिनी ट्रकमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सवारी ईजाजत पत्र (रुट परमिट ) भित्र दुई सय रुपैया राखी मिलाई दिनु प¥यो भनी प्रहरी लाई घुस दिन खोजेको प्रहरीले जनाएको छ।

सो ट्रकका चालक भक्तबहादुर मगरले सहचालक मनकुमार जोशीलाई ट्रक चलाउन दिएका थिए। तर सहचालक जोशीको सवारी चालक अनुमति पत्र थिएन। चेकजाँचको क्रममा प्रहरीले कागजपत्र मागेपछी चालक भक्तबहादुर मगरले रुट परमिट दिएका थिए । कागजपत्र खोलेर हेर्दा त्यसभित्र दुई सय रुपैया समेत देखेपछि प्रहरीले यो के हो ? भनी सोध्दा चालक मगरले मिलाई दिनु प¥यो त्यसैले दिएको भनेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives