तराई सेवा समाज पोखराको वार्षिकोत्सवमा रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २, २०७७
Terai

पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले रक्तदान समाज सेवाको उत्कृष्ट कार्य भएको बताए ।

तराई सेवा समाज पोखराका प्रमुख सल्लाहकार रमेशकुमार झाले नेपालीबीचको सद्भाव शक्ति भएको उल्लेख गरे ।

त्यस अवसरमा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, आजिवन सदस्य राजु पाण्डेले बोलेका थिए ।
तराई सेवा समाज पोखराका अध्यक्ष पशुपति महतोको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य अर्पणा शाहले स्वागत र महासचिव उमेश मिश्रले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives