तरुण दलको प्रदर्शनका लागि तयारी बैठक

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७५
tarun-dal-fourth-general-conventation

पोखरा, ३ माघ । नेपाल तरुण दलले माघ ११ गते पोखरामा गर्न लागेको प्रदर्शनका लागि बिहीबार तयारी बैठक भएको छ ।

नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, शुभेच्छुक तथा भातृ संस्थाका सभापतिहरुको संयुक्त बैठक बसेको हो ।

बैठकले पोखराको चिप्लेढुङ्गाबाट प्रदर्शन शुरु गरी नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदर्शनलाई भव्य बनाउनका लागि पार्टीका सवै निकाय परिचालित गर्ने निर्णय गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा प्रदर्शन हुन लागेको हो ।

भ्रष्टाचार, मंहगी, कर, वाइडवडी काण्डको विरोध तथा निर्मला पन्तका हत्यारालाई कारवाहीको मागगर्दै देशव्यापी प्रदर्शन गर्ने तरुण दलले जनाएको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives