तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्ने, तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७५
50840199_2536630689699030_2848593370664665088_n

पोखरा, १० माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल तरुण दलले पोखरामा शुक्रबार प्रदर्शन गर्दै छ ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय प्रदर्शन गर्न लागिएको हो ।

सात वटै प्रदेशमा प्रदर्शन गर्ने तरुण दलको निर्णय अनुसार पोखरामा पनि प्रदर्शन गर्न लागिएको छ ।
प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट नै सहभागिता रहने गरी तयारी गरेका छौं, अध्यक्ष गुरुङले भने – ‘प्रदर्शनबाट नै सरकारका नराम्रा गतिविधिको बिरोध र खवरदारी गर्ने छौं।’

पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट शुरु हुने प्रदर्शन पृथ्वीचोकमा पुगि सभामा परिणत हुनेछ ।

कर, भ्रष्टाचार, महंगी, वाइडबडी प्रकरणको विरोध तथा निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गदै प्रदर्शन गरिने बताइएको छ ।

तरुण दलले राज्यको ढुकुटी दुरुपयोग गरी करौडौं मूल्यको गाडी र हेलिकप्टर खरिद गर्नु, बुढी गण्डकी जलविद्युत आयोजना बिना टेण्डर दिनु, डा. गोविन्द केसीसँग गरिएका सम्झौता विपरित गएर स्वास्थ्य क्षेत्र तहसनहस बनाइएको भन्दै सरकारको निन्दा गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives