तरुण दल कास्कीको प्रदर्शन

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ६, २०७५
DSC01082

पोखरा, ६ साउन । सरकार मनोमानी ढंगले अघि बढेको र तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तेक्षप भएकोभन्दै त्यसविरुद्व आइतबार पोखरामा प्रदर्शन गरिएको छ ।

नेपाल तरुण दल कास्कीले जुलुस प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएको हो ।

तरुण दलले बढ्दो मंहगी र अनावश्यक रुपमा बढाइएको कर फिर्ता लिन माग गरेको छ । त्यस्तै, काठमाण्डौंको माइतिघर मण्डलामा शनिवार गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकामा त्यसको विरोधगर्दै सरकारको आलोचना गरेको हो ।

धर्नापछिको कोणसभामा कास्की काँग्रेसका सभापति कृष्ण केसीले सरकारले प्रदर्शन गरिरहेको अहंकारले देश र जनताको हित नगर्ने उल्लेख गरे ।

तरुण दल कास्कीका सभापति मनोज गुरुङले सरकारको अधिकारवादी चरित्र विरुद्व तरुण दल सडकमा आइसकेकोभन्दै राज्य आतंक तुरुन्त बन्द गर्न आग्रह गरे ।

कार्यक्रम तरुण दल कास्कीका सचिव नरेन्द्र थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives