तरुण दल पोखरा १३ द्वारा काँग्रेस क्रियाशील सदस्यको भेटघाट

राष्ट्र न्यूज सम्वाददाता
पौष १२, २०७६
tarun dal ph 2

पोखरा, १२ पुस । नेपाल तरुण दल पोखरा १३ को कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ ।

पोखरा १३ मा काँग्रेस क्रियाशील कार्यकर्ताबीचको भेटघाट कार्यक्रममा गुटउपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो ।

कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको बताए ।तरुण दल कास्कीले निर्वाचनमा आफ्ना उम्मेदवारलाई सुरक्षामा कुनै कमजोर नबनाएको बताए ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि किशोरदत्त बरालले उत्साह र हौसलालाई उद्देश्यमा परिणत गर्दै तरुण दलले समाज रुपान्तरणमा ध्यान दिने समय आएको बताए ।

कास्की काँग्रेसका जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले कांग्रेसलाई उत्साह थप्ने भनेकै भातृसंस्था भएकाले पोखरा १३ को तरुण दलबाट सबैले सिक्नु पर्ने बताए । पार्टीमा हुने विवादलाई गुटउपगुटको संज्ञा नदिई विचार समूह भन्न सक्नु पर्ने बताए ।

नेता पुलेन्द्रमान श्रेष्ठले कमजोरी मनन् नगर्दासम्म पार्टीको भविष्य सुधार हुन नसक्ने बताए । नेता मुखीनबन्न कार्यकर्तालाई आग्रह गर्दै कम्युनिस्ट चरित्र ग्रहण नगर्न सुझाव दिए ।

पोखरा १३ का सभापति विष्णुप्रसाद बराल, नेता बेदनाथ बराल, घनश्याम बराल, महिला संघ पोखरा १३ की सभापति रमा
कार्की लगायतले बोलेका थिए । कार्यक्रम नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङले संयोजन गरेका हुन् ।

नेपाल तरुण दल पोखरा १३ का अध्यक्ष निर्मल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष आचार्यले स्वागत र सचिव भुवन बरालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives