तीन किलो सुन बरामद

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १९, २०७४
gold-bars-drawings_csp8382403

पोखरा, १९ बैशाख। अन्र्तराष्ट्रिय विमानस्थलबाट बेलाबेलामा ठुलो परिणाममा सुन बरामद हुने गरेको छ। मंगलबार पनि फेरि त्यस्तै भएको छ।

प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित चिनियाँ नागरिक कुजिझुवमालार्ई पक्राउ गरेको छ । उनी एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका हुन्।

उनको साथबाट चार थान सुनको बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives