तीन केजी चरेश सहित दुई जना पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २५, २०७४
charesssss

पोखरा, २५ चैत । लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित दुई जनालाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको तारा गाउँपालिका वडा नं ४ का १९ वर्षिय विष्णु कँडेल र १८ वर्षिय कासुवास गौतम छन् । उनीहरुको साथवाट प्रहरीले तीन केजी चरेश बरामद गरेको छ ।

बाग्लुङवाट लागुऔषध चरेश ल्याई पोखराका विभिन्न स्थानमा  बिक्रि वितरण गर्दछन् भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्यूरो पोखराका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटेको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि चैत्र २३ गते लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको घारीपाटनबाट दुई जनालाई गाजाँ र चरेश सहित पक्राउ गरेको थियो ।

उनीहरुसँग कै सोधपुछका आधारमा आइतबार निजहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक गुरुङको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives