तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७७
rastra news

पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् ।

पोखरामा बुधबार सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा पार्टीको सर्वदलिय बैठकले त्यस्तो ठहर गरेको हो ।

पोखरा सृजनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, राप्रपा कास्कीका कार्यवाहक अध्यक्ष गणेश ढकाल, नेकपा मसाल कास्कीका प्रवत्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका कोषाध्यक्ष राजु पुरी, कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देल र जनता समाजवादी पार्टी पोखरा महानगरका अध्यक्ष टिकाराम पौडेल सहभागी थिए ।

बैठकले कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि तत्काल उपयुक्त स्थान छनोट गर्न, विद्यालयलाई क्वारेन्टिन नबनाउन, राहत संकलन र वितरणको विवरण तत्काल सार्वजनीक गर्न माग गरेको छ ।

बैठकले लकडाउनका कारण व्यवसाय ठप्प भएको अवस्थामा सरकारले कर तिर्न गरको आग्रह अव्यवहारिक भएको ठहर गरेको छ ।

लामो समयको लकडाउनका कारण गरीब तथा विपन्न वर्ग समस्यामा परेकाले तत्काल राहत व्यवस्थापन गर्न, किसानका लागि राहतको प्याकेज ल्याउन, एसईई लगायतका शैक्षिक गतिविधि सञ्चालन हुने वातावरण मिलाउन माग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।

बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन सरकारको ध्यानाकर्षण गराउनुको साथै कोरोना परीक्षणको दायरा बढाउन र स्वास्थ्य सुरक्षा सामग्रीको खरिद विक्रीमा देखिएको मनोमानी र अनियमितता नियन्त्रण गर्न माग गरेको छ ।

जनप्रतिनिधिकै रोहवरमा तरकारीजन्य उत्पादन नष्ट गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको प्रवद्र्वन गर्न बैठकले माग गरेको छ ।

राजधानीलगायत विभिन्न स्थानमा जनजिविका र राष्ट्रियताको पक्षमा गरिएको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको भन्दै निन्दा गरेको छ । रुकुमलगायतका स्थानमा भएका जातीय विभेदका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ ।

यसअघि करीब एक महिना पहिले कास्की काँग्रेसका सभापति कृष्ण केसीको पहलमा सर्वदलिय बैठक बसेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives