दाइजो विरुद्व विद्यार्थी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७४
250px-Parsa_district_location

वीरगञ्ज, मंसिर । तराई मधेसको समाजमा दाइजो प्रथा प्रमुख सामाजिक कुरीति मध्ये एक हो ।

दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ ।

तर पर्साको सुखचैना स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना छात्रछात्राहरुले भने दाइजो लेनदेन नगरी विवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयमा मंगलबार दाइजो एवं सामाजिक कुरीति विरुद्ध जनचेतनामुलक कार्यक्रममा अध्ययनरत वीरगञ्ज सुखचैनाकी आशा कुमारी मण्डल, परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरकीको आरति कुमारी साह, सुधा कुमारी साह, आकृति पटेल, राधिका पटेल, जास्मिन खातुन, विकास शर्मा, राज किशोर पटेल, जितेन्द्र कुमार पटेल र अनुप कुमार साहले सामुहिक र सार्वजनिक रुपमा दाइजो नलिने र नदिने प्रतिबद्धता जनाए ।

कक्षा ८, ९ र १० मा अध्ययनरत १० जना छात्र छात्राहरुले दाइजो दिने र लिनेसँग विवाह नगर्ने प्रतिबद्धता जनाएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

‘ हामीले विद्यालयमा तराई मधेसको समाजमा जकडिएको दाइजो, बाल विवाह र तराई मधेसको समाजमा रहेका विभिन्न कुरीतिहरु र त्यसले समाजमा पारिरहेको असरको बारेमा जानकारी गरायौं’ उनले भने, ‘त्यसपछि विद्यालयका १० जना छात्रछात्राहरुले स्वतः स्फूर्त रुपमा दाइजो लेनदेन नगरी विवाह गर्ने प्रतिबद्धता जनाए ।’

दाइजो एवं सामाजिक कुरिति जागरण मञ्चले बालबिबाह, दाइजो तथा सामाजिक कुरिति विरुद्धको अभियान सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives