दाङ र धनकुटा बन्द, यस्तो छ अवस्था

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७४
dang

पोखरा, ३ माघ। बन्दका कारण दाङ र धनकुटाको जनजीवन प्रभावित बनेको छ।

पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द भएको हो। दाङलाई राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको छ।

प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेका हुन्।

दाङमा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन् । घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगायत मुख्य बजार र सडकमा प्रदर्शन भैरहेको छ । बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरु भइरहेका छन्। चोकचोकमा टायर बालेर सडक अबरुद्ध गरिएको छ ।

प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।

उता धनकुटाको बन्दका कारण बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । बिहानैदेखि आन्दोलनरत प्रदर्शन जारी राखेका छन् । धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाँट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पारिएको छ । बजार, पसल, शिक्षण संस्था, उद्योग, कलखाना समेत बन्द रहेको छ ।

बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।सरकारले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी तोक्न आनकान गरेको भन्दै  जिल्लामा दिनहु जसो प्रदर्शन जारी रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives