दुई तिहाई खोज्नु गम्भिर विषय – पौडेल

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३०, २०७४
rc poudel

पोखरा, ३० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुई तिहाई बहुमत लिन खोजेको विषय गम्भिर भएको बताएका छन् ।

सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएकोभन्दै त्यसल सरकारको नियतमाथि आशंका उब्जाएको उनको भनाइ छ।

पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरणमा उनले जिम्मेबार ढंगबाट प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरे ।

पार्टीको जिम्मा नै तपाईहरुमाथि छ उनले भने – ‘तपाईहरुको भुमिका पार्टीका लागि आवश्यक र महत्वपूर्ण छ।’

बरिष्ठ नेता पौडेलले सरकारले प्रधानन्यायाधीस गोपाल पराजुलीलाई महाअभियोग लगाए त्यसको प्रतवाद गर्ने संकेत गरेका छन् ।

कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो उनले भने – ‘कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ।’

सरकारका गतिविधिहरूले सर्र्वसत्तावाद लाद्न खोजेकोभन्दै नेता पौडेलले सरकारले न्यायलय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives