धम्पुस महोत्सवमा लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ७, २०७५
Samman-Photo

पोखरा, ७ वैशाख । पर्यटकीय गाउ धम्पुसमा जारी गन्तब्य धम्पुस महोत्सवमा बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली सम्मानित भएका छन् ।

लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला र मायाको चिनोद्धारा सम्मान गरेको हो ।

बिहीबार आयोजित कार्यक्रममा चार नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा बिष्ट, लाली गुराँस युवा क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई सम्मान गरेका थिए ।

यसैबीच, महोत्सवमा बिहीबार पुरुष भलिवल तर्फ ४ खेल सम्पन्न भएका छन् ।महोत्सवकै अवसरमा आयोजित लोकदोहोरी प्रतियोगिता जारी छ ।

महोत्सवमा बिहिबार लोकदोहोरी तर्फ शर्मिला गुरुङ, पार्वती जिसी, शिवहरी ढुंगाना, जीवन दाहाल, तारापति सुवेदी, शंकर बिरही गुरुङ, श्रीराम अधिकारी, रमा राना, सुरेन्द्र गुरुङ र दिपक थापाको विशेष प्रस्तुती रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives