ध्यान गरिरहेको बेला मृत्यु, को हुन् उनी ?

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २, २०७४
1517213734dead-770×410

पोखरा, २ चैत । ध्यान गरिरहेको अवस्थामा पोखरामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ ।

पोखराको लेकसाईडमा रहेको होटल ह्वाईट पर्लमा युक्रेनका वर्ष ३० का एन्टन कुज्नीथोकको मृत्यु भएको हो।

विगत दुई दिनदेखी होटलमा वस्दै आएका उनी होटलको वाल्कुनीमा ध्यान गरेकै ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शरिरमा अन्य कुनै चोटपटक लागेको नदेखिएको र पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives