नारायणगढ मुग्लिन सडक चार दिन बन्द नहुने

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०७४
images

चितवन- नारायणगढ मुग्लिन सडक शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ।

‘पुस २९, ३०, माघ एक र दुई गते नारायणगढ मुग्लिन सडक रातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक माघे संक्रान्तिको समय परेका कारण  चौबिसै घण्टा खुला हुने छ।

सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives