निर्माण व्यवसायी समिति निर्माण मजदुरलाई २२ लाखको राहत वितरण गर्दै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १४, २०७७
14

पोखरा, १४ वैशाख । निर्माण व्यवसायी समिति पोखरा नेपालले निर्माणमा संलग्न मजदुरलाई राहत वितरण गरेको छ ।

समिति करीब एक हजार पाँच सय जना मजदुरलाई राहत वितरण गर्ने तयारीमा छ । पहिलो चरणमा आइतबार चार सय मजदुरलाई राहत वितरण गरिएको छ ।

समितिले करीब २२ लाख बराबरको राहत वितरण गर्ने जनाएको छ । समितिका अध्यक्ष नारायण गुरुङले राहत वितरण शुभारम्भ गरेका थिए । ‘समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माणमा संलग्न मजदुरलाई सहयोग गरेको हो अध्यक्ष नारायण गुरुङले भने, संकटका बेला सकेको सहयोग गर्नु सबैको कर्तव्य हो ।’

समितिले एक जना मजदुरलाई राहत स्वरुप १५ केजी चामल, २ केजी चना, एक केजी नुन, एक लिटर तेल र एक पोका सोयाविन वितरण गरेको सचिव शिव खड्काले बताए ।

समितिले पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोषमा समेत एक लाख एक हजार पाँच सय रुपैया प्रदान गरेको सल्लाहाकार अर्जुन थापाले जानकारी दिए ।

यसअघि समितिले चैत २० गते पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

समितिका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष नवराज बस्नेत, सचिव शिव खड्कालगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives