नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ८, २०७४
petrol

झापा, ८ चैत । नेपालमा नै पेट्रोलियम पदार्थको उत्पादन गर्न शुरु भएको छ ।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पेट्रोलियन पदार्थको उत्पादन गरिएको हो । प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको बताइएको छ ।

पाइरोलाइसिस नामक यन्त्रको सहयोगबाट प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिएको हो । जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको छ । यो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको हो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०÷२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ, डा ढकालले भने – ‘नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।’

झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने बताइएको छ । विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको छ । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives