नेल्टाकोे राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय

राष्ट्र न्यूज सम्वाददाता
फागुन १६, २०७४
12799372_527974990741925_8164323448623084610_n

पोखरा, १६ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को राष्ट्रिय भेला तथा विद्यान अधिवेशनको मिति तय गरिएको छ ।

फागुन ११ गते बसेको नेल्टाको केन्द्रीय सचिवालय छैटो बैठकले चैत १६ र १७ गतेका लागि मिति तोकेको महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । भेला चितवनको रत्ननगरस्थित टाँडीमा हुनेछ ।

बैठकले भेला सम्पन्न गर्नका लागि विभिन्न पाँच वटा समिति पनि गठन गरेको छ । जसमा शालिकराम पौडेलको संयोजकत्वमा आर्थिक, ईश्वरदत्त मिश्रको संयोजकत्वमा आवास तथा भोजन, पुष्कर नेपालको संयोजकत्वमा प्रचारप्रसार, राधा भुषाल भण्डारीको संयोजकत्वमा मञ्च व्यवस्थापन र जनकबहादुर रावलको संयोजकत्वमा प्रमुख अतिथि आमन्त्रण समिति गठन गरिएको छ ।

भेलामा देशभरबाट नेल्टाका पाँच सय प्रतिनिधि सहभागि हुने छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives