नेल्टाको दुई हप्ते तालिम

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १४, २०७५
Nelta photo

पोखरा, १४ मंसिर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले पोखरामा आयोजना गरेको दुई हप्ते पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम बिहीबार सकिएको छ ।

पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित तालिममा चितवन, सुर्खेत, बाग्लुङ, बारा, जाजरकोट, रौटहट, काभ्रे लगायतका जिल्लाका १५ जना सहभागि थिए।

तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै पूर्व कानुन मन्त्री तथा काँग्रेस नेता यज्ञबहादुर थापाले कृषि क्षेत्रमा नयाँ÷नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउने तर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । उनले तालिमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सिप दिएको विश्वास व्यक्त गरे ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुनले व्यत्तिमा रहेको सिप र क्षमताले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए ।

नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले सिप भएको मानिस सदैव सफल हुने बताए ।

नेपाल निजामति कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालले राजनैतिक आस्थाका आधारमा सरकारले कर्मचारीलाई दुःख दिन थालेको भन्दै ध्यानाकर्षण गराए ।

कार्यक्रममा पशु सेवा तालिम पोखराका बरिष्ठ तालिम अधिकृत डा. गृष्म न्यौपाने, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षि विकास महाशाखाका उपसचिव दुर्याेधन कार्की, नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीका उपाध्यक्ष पुरन गुरुङ लगायतले बोलेका थिए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका उपाध्यक्ष पुष्कर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सुरेशकुमार श्रेष्ठले स्वागत र सदस्य डिल्लिराम रेग्मीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives