नेल्टाको बैठकसँगै शुभकामना आदानप्रदान

राष्ट्र न्यूज सम्वाददाता
असाेज १६, २०७५
42924534_980953958757385_7281997942334947328_n

पोखरा, १६ असोज । नेल्टा केन्द्रीय कार्य समितिको बैठक कास्कीको लुम्लेमा बसेको छ ।

विभिन्न १२ वटा विषयमा छलफल गरी निर्णय गरिएको महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकसँगै नेल्टाले विजयादशमी, दिपावली, छठ र नेपाल सम्वत्को शुभकामना आदानप्रदान पनि गरेको छ ।

कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिवहरि शर्भा अधिकारी, कास्की काँग्रेसका उपसभापति आई बहादुर गुरुङ, क्षेत्र नं ४ कास्कीका क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय सदस्य हिमालय पोखरेल र शंकर सिंह लगायतले बोलेका थिए ।

कार्यक्रम नेल्टाका अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives