नेवि संघको भलिबल उपाधि शिक्षा संकायलाई

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २१, २०७६
79188080_2743368882423229_888282103911809024_o

पोखरा, २१ मंसिर । नेपाल विद्यार्थी संघ विज्ञान संकाय पृथ्वीनारायण क्याम्पसले गरेको अन्तर संकाय भलिबल प्रतियोगिताको उपाधि शिक्षा संकायले जितेको छ ।

९ टिमको सहभागिता रहेको प्रतियोगितामा विज्ञान संकाय उपबिजेता भएको छ । बिजेतालाई नगद ८ हजार सहित कप, मेडल, प्रमाणपत्र र उपबिजेतालाई नगद ५ हजार सहित कप, मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा बेष्ट स्टाइकर शिक्षा संकायका मिलन विक, बेष्ट ब्लकर विज्ञान संकायका किरण सुवेदी, बेष्ट लिफ्टर शिक्षा संकायका मिलन बुढा, बेष्ट प्लेयर विज्ञान संकायका राम बिष्ट र बेष्ट डिफेण्डर शिक्षा संकायका गणेश पुन घोषित भए । उनीहरुलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बुधबारदेखि सुरु भएको प्रतियोगिता विपिन नेपालीले संयोजन गरेका थिए ।

समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले विद्यार्थीहरु आफ्नो भविष्यप्रति गम्भिर बन्नुपर्नेमा जोड दिइन् । उनले नेवि संघलाई सहयोग गर्न आफू तयार रहेको उल्लेख गरिन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विद्यार्थी शक्तिको अघि अन्य शक्तिको केही नलाग्ने बताए ।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समिति सभापति दीपक शर्माले नेवि संघ सदैव विद्यार्थीका माझमा रहेर विद्यार्थीको सुख र दुःखमा नजिक रहने बताए ।

त्यस अवसरमा नेवि संघका निवर्तमान केन्द्रीय सदस्य गोपाल गुरुङ, विद्यार्थी नेता पशुपति भट्टराई, रेशम हमाल, नेतृ रक्षा भुषाल लगायतले बोलेका थिए ।

नेवि संघ विज्ञान संकायका सभापति युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सुजन लामिछानेले स्वागत र सचिव विक्रम अधिकारी, कुशल पोख्रेलले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives