नेवि संघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

राष्ट्र न्यूज सम्वाददाता
असाेज १४, २०७५
42769039_341588673279621_6160342038706388992_n

पोखरा, १४ असोज । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

नेवि संघ इकाई समितिका सभापति दिपक शर्माको नेतृत्वमा गएको विद्यार्थी टोलीले क्याम्पस प्रमुख चन्द्रबहादुर थापाको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

नेवि संघले क्याम्पस सुधार र विद्यार्थीका शैक्षिक मुद्वामा गम्भिर बन्न पटक÷पटक आग्रह गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको बताईएको छ ।

हामीले गरेको आग्रहमा क्याम्पस प्रशासन गम्भिर भएन इकाई सभापति शर्माले भने – ‘त्यसले बाध्य भएर तालाबन्दी गरेका हौ।’

नेवि संघले पटक÷पटक १३ बुँदे माग राख्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदै आएको थियो ।

संघले क्याम्पसका सम्पूर्ण सत्र एवं संकायमा नियमित कक्षा संचालनको व्यवस्था गर्न, सेमेष्टर प्रणाली व्यवस्थित गर्न प्रविधि र सोही अनुरुपको अध्यापन शैली अपनाउन र त्रिविले तोकेको शैक्षिक शुल्कमा विद्यार्थीले पढ्न पाउँने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives