पार्टी एकता बारे प्रचण्ड यसो भन्छन्

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७४
prachanda

पोखरा, २६ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पदमा कुनै समस्या नरहेको दावी गरेका छन्।

नेकपा एमाले र एमाओवादीबीचको एकता ढिलाई भई विभिन्न आशंका उब्जेका बेला उनले त्यस्तो बताएका हुन्।

एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ। केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु उनले भने – ‘पदमा समस्या छैन, पार्टी एकता कुन ढाँचामा अघि बढाउँने भन्ने विषयमा छलफल भैरहेको छ।’

चितवनमा आज संचारकर्मीहरुसँग कुराकानीगर्दै उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह आग्रह गरे।

कसले के भन्छ त्यो मलाई थाहाँ छैन, भन्नेहरुका कुरा व्यत्तिगत हुन् उनले स्पष्टपार्दै भने – ‘पार्टी एकताका लागि जे भइरहेछ सकारात्मक ढंगले भइरहेको छ।’

एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives