पिएनका दुई विद्यार्थी आमरण अनसनमा

राष्ट्र न्यूज सम्वाददाता
माघ १४, २०७४
ansan

पोखरा, १४ माघ। पोखरामा रहेको पिएन क्याम्पसका दुई विद्यार्थी आईतबारदेखि आमरण अनसनमा बसेका छन्।

नयाँ शक्ति विद्यार्थी युनियनका विद्यार्थी आमरण अनसन बसेका हुन्। सो विद्यार्थी संगठनले दिएको जानकारी अनुसार, विज्ञान संकाय तेश्रो बर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौंथो बर्षका विद्यार्थी कृष्ण अधिकारी आमरण अनसन बसेका हुन्।

नयाँ शक्ति विद्यार्थी युनियनले विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनसन जस्तो कठोर आन्दोलनमा उत्रेको हो।

युनियनका महासचिव नेत्र चापागाईले स्वर्ण जयन्ति स्मृति भवनमा भएको अनियमितता छानविन गरी दोषीउपर कारवाही गर्नुपर्ने, क्याम्पसको हालसम्मको बार्षिक आम्दानी÷खर्च सार्वजनिक गनुपर्ने र राजनीतिक भागवण्डाको अन्त्य गर्नुपर्ने लगायतका माग राखि आन्दोलन गरिएको जानकारी दिए।

विभिन्न चरणमा आन्दोलनहरु गर्दा पनि क्याम्पस प्रशासनले सुनुवाई नगरेकाले पाँच बुँदे मागहरु राख्दै आमरण अनसन बस्नु परेको युनियनको भनाई छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives