पुण्यतिथिमा व्हिल चेयर सहयोग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०७४
DSC00236

पोखरा, ४ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ मालेपाटनस्थित मगरथोककी स्व. दिलकुमारी थापा क्षत्रीको पहिलो वार्षिक पुण्यतिथिमा परिवारले आइतबार अस्पताललाई सहयोग गरेको छ।

उनका नाति तीर्थ केसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई दुई थान व्हिल चेयर सहयोग गरेका हुन्।

उनले अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई व्हिल चेयर हस्तान्तरण गरेका थिए। अस्पतालको इमर्जेन्सि र जेष्ठ नागरिक वार्डका लागि व्हिल चेयर प्रदान गरिएको हो।

निधन हुनुअघि हजुरआमाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई व्हिल चेयर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो नाति केसीले भने – ‘उहाँको इच्छा अनुसार सहयोग गरेका हौं।’

हजुरआमालाई उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याउदा वार्डसम्म जानका लागि स्टेचर र व्हिल चेयर नहुदाँ आफैले बोकेको सम्झदै तीर्थले भने – ‘ त्यस्तो अवस्था देखेर त्यतिबेला नै हजुरआमाले अस्पताललाई व्हिल चेयर सहयोग गर्ने इच्छा गर्नुभएको थियो।’

त्यतिबेला सहयोग गर्ने वातावरण नबनेपनि वार्षिक पुण्यतिथि पारेर सहयोग गरेको नाति तीर्थले बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives