पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०७७
kaski congress

पोखरा, १० पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

कास्की क्षेत्र नं १ को अर्घाैं चोक, क्षेत्र नं २ को सभागृह चोक, क्षेत्र नं ३ को पोखरा जिरो किलोमिटर र हरि चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार क्षेत्रगत रुपमा प्रदर्शन गरिने भएका सम्वन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी हुने छन् । काँग्रेसले पुस १३ मा देशव्यापी रुपमा १६५ वटा संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै छ ।

बैठकले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ गते पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives