पृथ्वीधर सिग्देल समाजको अध्यक्षमा गोविन्द

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १५, २०७७
gobinda

पोखरा, १५ कात्तिक । पृथ्वीधर सिग्देल समाज पोखरा १३ को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले आगामि २ वर्षका लागि गोविन्द सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुवाष सिग्देल, सचिवमा अर्जुन सिग्देल, कोषाध्यक्षमा केदारराज सिग्देल, सदस्यमा ज्ञानेन्द्रप्रसाद सिग्देल, सरस्वती सिग्देल, इन्दिरा सिग्देल र सन्तोष सिग्देल छन् ।

संयोजक प्रकाश सिग्देल, सदस्य नवीन सिग्देल र सोधा सिग्देलको निर्वाचन समितिले सर्वसम्मत् रुपमा निर्वाचन सम्पन्न गरेको हो । यसअघि समाजका ज्येष्ठ सदस्य बलराम सिग्देलले साधारणसभा उद्घाटन गरेका थिए ।

साधारणसभाले सचिव मैयादेवी सिग्देलको वार्षिक र कोषाध्यक्ष बसन्त सिग्देललको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

त्यस अवसरमा पूर्वअध्यक्षहरु माधवप्रसाद सिग्देल, निलकण्ठ सिग्देल, कृष्णकान्त सिग्देल, शरदकान्त सिग्देल, लेखा परीक्षक ज्ञानेन्द्रप्रसाद सिग्देल, सदस्य हरिप्रसाद सिग्देल, महिलाहरुको तर्फबाट सरस्वती सिग्देलले बोलेका थिए ।

पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दप्रसाद सिग्देलले स्वागत र सचिव मैयादेवी सिग्देलले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives