पृथ्वी बहुउदेश्यीय सहकारीको पाँचौ वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३०, २०७४
30185128_1650109951703570_700274710_n

पोखरा, ३० चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ पृथ्वीचोकस्थित पृथ्वी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पाँचौ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ ।

सहकारीले बिहीबार पोखरा – ६ बैदामस्थित केदारेश्वर बैद्विक गुरुकुल विद्याश्रममा खाद्यान्न प्रदान गरेको छ ।

सहकारीका अध्यक्ष ओमबहादुर कार्कीले विद्याश्रमका गुरु डा. लेखनाथ आचार्यलाई सामाग्री हस्तान्तरण गरेका थिए । विद्याश्रमका बटुकहरुले स्वस्तिक वाचन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।

सहकारीले नयाँ वर्ष –२०७५ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण पनि गरेको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका प्रवन्धक केदारनाथ उप्रेती र कैशाल विकास बैंक लिमिटेड पृथ्वीचोक शाखाका प्रवन्धक तिलक थापाले संयुक्त रुपमा क्यालेण्डर लोकार्पण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका प्रवन्धक केदारनाथ उप्रेती , कैशाल विकास बैंक लिमिटेड पृथ्वीचोक शाखाका प्रवन्धक तिलक थापा र सहकारीका सल्लाहाकार तेजेन्द्र तुलाचनले बोलेका थिए ।

पृथ्वी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवन्धक मोहनप्रसाद अधिकारीले स्वागत र सचिव किरणप्रसाद बञ्जाराले संचालन गरेका थिए ।

संस्थामा हाल २ हजार पाँच सय ५१ जना शेयर सदस्य छन्। संस्थाको शेयर पुँजी ३ करोड ६६ लाख रहेको छ। संस्थाले हालसम्म २५ करोडको कारोबार गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives