पोखराको ट्राफिक व्यवस्थापन गर्ने काममा प्रजू प्यानलको प्राथमिकता

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ३१, २०७५
_MG_8283

पोखरा, ३१ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको लागि उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्याननले पोखराको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्ने काम आफ्नो प्राथमिकता रहेको बताएको छ ।

पोखराको जल्पारोड, नदीपुर, चाउथे, छिनेडाँडा लगायतका ठाँउमा रहेका मतदातासँग मत माग्ने क्रममा आइतबार यस प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले गर्दा बजार क्षेत्रका व्यवसायीको व्यवसायमा असर पर्दै गइरहेकोले ट्राफिक कार्यालयसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको हो ।

मतदातासँग कुरा गर्दै अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले भने– ट्राफिक व्यवस्थापन पोखराको ठूलो समस्या हुँदै गएको छ । यसलाई व्यवस्थापन गर्ने काममा पनि मैले नेतृत्व लिनेछु ।

पोखरा उद्योग वाणिज्य संघलाई प्रविधि मैत्री बनाएर उद्योगी व्यवसायीले प्राप्त गर्न सक्ने सुविधालाई आफ्नो घर र व्यवसायमै बसेर प्राप्त गर्ने वातावरण बनाउने पनि यस प्यानलले जनाएको छ । मतदातासँग अध्यक्ष पदका उमेद्वार प्रजूले भने उद्योगी व्यवसायीको डाटालाई सफ्टवयरमा राखेर प्रत्येक उद्योगी व्यवासयीको बारेमा र तिनका उत्पादन एवम् व्यवसायका बारेमा सूचना प्राप्त गर्न सकिने गरी संयन्त्र निर्माण गर्नेछौ ।

उक्त अवसरमा वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघमा हटलाइन टेलिफोन सेवा र टोल फ्रि नम्बर राखेर यसै मार्फत उद्योगी व्यवसायीको सूचना प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाउने आफ्नो प्यानलको घोषित कार्यक्रम रहेको बताए ।

त्यसैगरी उद्योग तर्फको उपाध्यक्ष पदका उमेद्वार विन्दु कोइराल सुवेदीले  क्षेत्रगत रुपमा व्यवसायीसँग सँधै सम्पर्क मै रहन र उहाँहरुको समस्यालाई संघसम्म पु¥याउनको लागि क्षेत्रीय संयोजकहरु तोकेर व्यवसायी र संघको सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्य रहेको जानकारी दिइन् ।

महासचिव पदका उमेद्वार अर्जुन पोखरेलले मतदातासँग सरकारले नीति घोषणा गरेपछि त्यसको विरुद्ध आन्दोलन गर्ने होइन नीति बन्नुभन्दा अगावै जानकारी राखेर व्यवसायी मैत्री नीतिका लागि बहस, पैरवी गर्ने बचन दिएका छन् ।

मतदातासँगको भेटमा कोषाध्यक्ष पदका उमेद्वार सुरेन्द्र विजुक्छे, उपमहासचिव पदका उमेद्वार चिनुकुमारी गुरुङ्गले आफ्नो प्यानलले घोषणा गरेको प्रतिवद्धताका सम्पूर्ण बूँदाहरु कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बचन दिएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives