पोखरामा छुट्टै कोरोना उपचार केन्द्र

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७७
corona 1

पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले छुट्टै कोरोना उपचार केन्द्रको व्यवस्था गरेको छ ।

अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा अन्य विरामीमा त्रास सृजना भएको भन्दै अस्पतालले कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्र व्यवस्था गरेको हो ।

४० जना कोरोना संक्रमितको उपचार गर्ने क्षमताको उपचार केन्द्र संचालनमा ल्याइएको छ ।अस्पतालमा कोरोना संक्रमितको उपचार गरिएपछि अन्य विरामी उपचारका लागि जान छाडेका थिए ।

‘अब डराउनु पर्दैन, निर्धक्क उपचार सेवाका लागि अस्पतालमा आउन सक्नुहुन्छ, अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने, कोरोना संक्रमितका लागि छुट्टै उपचार केन्द्रको व्यवस्था भएको छ ।’

अस्पतालबाट छुट्टै राखिएको उपचार केन्द्रको प्रवेशद्वार पनि अलग छ । उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली पनि छुट्टै छ । आइसियु, अप्रेशन र प्रसुती सेवा सहितको उपचार केन्द्रका लागि १२ जना स्वास्थ्यकर्मीको टोली रहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा सूचिकृत गरेपछि प्रिआइसोलेशन र आइसोलेशन वार्ड निर्माण गरी सेवा दिदै आएको थियो ।

                                                                                                     

Related News

सम्बन्धित समाचार

Archives

Archives