पोखरामा जन्मेका पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २०, २०७४
24818969_1686132771438450_406449488_o

न्युजिल्याण्ड, २० मंसिर । सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेवापत एक नेपालीले न्युजिल्याण्डको सम्मानित अवार्ड पाउँने भएका छन्।

शरणार्थी तथा आप्रवासीका लागि विशेष योगदान गरेबापत नेपाली मूलका विष्णु पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड २०१७ प्रदान गरिने भएको हो।

विशेष योगदान गर्ने पाँच जनालाई हरेक वर्ष प्रदान गरिने सो अवार्डबाट पहिलो पटक नेपाली समेत सम्मानित हुने अवसर पाएका हुन् ।

पोखरेल विगत ११ वर्षदेखि न्युजिल्याण्डमा बसेर आप्रवासी र शरणार्थीका क्षेत्रमा कार्य गर्दै आएका छन् ।

न्युजिल्याण्डको क्राइस्ट चर्च सिटी काउन्सिलले प्रदान गर्ने सो अवार्ड यही डिसेम्बर महिनाको १३ तारिकमा प्रदान गरिने छ । क्राइस्ट चर्च म्युनिसिपलिटीका मेयरले सो अवार्ड प्रदान गर्ने छन्।

नेपालको पोखरामा जन्मेका पोखरेल न्युजिल्याण्डमा क्याटबेरी नेपाली सोसाइटीका अध्यक्ष हुन् । उनी त्यहाँको रेडक्रसमा शरणार्थी सम्बन्धि राष्ट्रिय सल्लाहकार तथा न्युजिल्याण्ड प्रहरीको समेत सल्लाहकार रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives