पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७४
korean festival 1

पोखरा २८ मंसिर। पर्यटकीय शहर पोखरामा दोस्रो कोरियन फिल्म फेष्टिभल गरिएको छ।

फेष्टिभलमा दुई वटा कोरियन फिल्म प्रदर्शन गरिएको थियो । दक्षिण कोरियामा विकास कसरी भयो र कोरियाका मानिसको जीवनस्तर कसरी अगाडी वढ्छ भन्ने सन्देश प्रवाह गर्ने फिल्महरु प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिए ।

त्यसअवसरमा नेपालका लागी कोरियन राजदुत पार्क योङ सिकले नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुक भएकाले पोखरामा कोरियन पर्यटन भित्र्याउनको पहल गर्ने बताए।

उनले आगामी अंग्रेजी नयाँवर्षमा कोरियन संस्कृति र रहन सहन झल्काउने खालका झांकीहरु प्रदर्शन गराउन सहयोग गर्ने प्रतिवद्वता व्यत्त गरे।

पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले कोरिया र नेपालबीचको सम्बन्धलाई कायम राख्दै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

फेष्टिभलमा कोरियामा बिभिन्न रोजगारी गरेर फर्केर नेपालमै व्यवसाय गरेर बसेका २ सय जना व्यवसायी, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघ सस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives